धनगढी : सुदूरपश्चिमको सांस्कृतिक पर्व गौराको अवसरमा पत्रकार शेरबहादुर ऐरलाई शिखर काफली सेवा समाजले सम्मान गरेको छ।
धनगढीको राजघाटमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य डम्मरी महरा रक्षाले ऐरलाई सम्मानपत्र प्रदान गर्नुभयो। पत्रकारितामार्फत कला, संस्कृति, सामाजिक चेतना र विकासका विषयलाई निरन्तर उठाउँदै आएको योगदानका कारण उनलाई सम्मान गरिएको हो।
१२ वर्षदेखि पत्रकारितामा सक्रिय ऐर हाल मिसन टुडे न्यूजमा आबद्ध छन् र नेपाल प्रेस युनियन कैलाली शाखाको कार्यसमिति सदस्य पनि हुन्। सम्मानपछि उनले यो प्रेरणाले सुदूरपश्चिमका सांस्कृतिक र सामाजिक मुद्दालाई अझ प्रभावकारी ढंगले प्रस्तुत गर्ने प्रतिबद्धता जनाए।