प्रधानमन्त्री ओलीसँग भेटमा चिनियाँ राष्ट्रपति सीले भनेका पाँच कुरा

प्रधानमन्त्री ओलीसँग भेटमा चिनियाँ राष्ट्रपति सीले भनेका पाँच कुरा
प्रकाशित : :

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बेइजिङस्थित थियानमिन स्टेट गेष्ट हाउसमा भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङले पाँच बुँदामा आफ्नो धारणा राखेका छन्।

१. लिपुलेक विवादबारे

नेपालले राखेको अडानसँग चीन असहमत नरहेको तर अन्तिम निष्कर्ष नेपाल–भारतबीचको छलफलबाट निस्किनुपर्ने।

२. नाकाहरू खोल्नेबारे

हाल अवरुद्ध रहेका नेपाल–चीन व्यापारिक नाकाहरू छिटो खोल्ने प्रतिबद्धता।

३. सीमा व्यापारबारे

दुई देशबीचको आर्थिक सम्बन्धलाई संस्थागत बनाउन संयन्त्र ९मेकानिज्म० गठन गर्ने प्रस्ताव।

४. औद्योगिक विकासमा सहयोग

नेपालको औद्योगिक विकास र निर्यात प्रवर्द्धनका लागि गुणस्तरीय कृषिजन्य वस्तु लगायत क्षेत्रमा चीनको सहयोग रहने।

५. सूचना तथा प्रविधिमा सहकार्य

विशेषगरी कृत्रिम बुद्धिमत्ता ९एआइ० लगायत नयाँ प्रविधिमा चीनले नेपाललाई सहयोग गर्ने।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट